रुपन्देही क्षेत्र नम्बर ३ मा कार्तिक १७ गते उपनिर्वाचन हुने

2.21K
shares

काठमाडौं । निर्वाचन आयोगले रुपन्देही क्षेत्र नम्बर ३ मा कार्तिक १७ गते प्रतिनिधिसभाको उपनिर्वाचन गर्ने निर्णय गरेको छ ।

सोमबार निर्वाचन आयोगले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उपनिर्वाचन गर्ने मिति सार्वजनिक गरेको हो ।

२०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा रुपन्देही ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट निर्वाचित भएका दीपक बोहराको निधन भएपछि सो पद रिक्त छ ।

बोहोराको गएको चैत्र १९ गते काठमाडौँको ओम अस्पतालमा निधन भएको थियो।