बाजुराको मुक्तिकोटमा कुपोषण र आरयूटीएफ अभाव, २ बालबालिकाको मृत्यु
वि.सं.२०८२ असार १६ सोमवार १८:३२
1.48K
shares
shares

१६ असार, काठमाडौं । बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका–१, मुक्तिकोटमा उपचारात्मक खाना (आरयूटीएफ) नहुँदा दुई कुपोषित बालबालिकाको मृत्यु भएको छ।
१६ महिनाका सन्तोष न्याउपाने र १७ महिनाकी जमुना विकको मृत्यु भएको हो।
चार महिनादेखि आरयूटीएफ अभावले गर्दा २५ जना कुपोषित बालबालिकाको उपचार रोकिएको मुक्तिकोट स्वास्थ्य चौकीका इन्चार्ज बिर्ज विकले जानकारी दिए। स्थानीयले भने पाँच बालबालिकाको मृत्यु भएको दाबी गरेका छन्।
स्वास्थ्य कार्यालय बाजुराका प्रमुखले भने माग नआएकाले आपूर्ति नगरेको बताए। तर स्थानीय अधिकारी र स्वास्थ्यकर्मीले समयमै जानकारी दिएको बताएका छन्।
गाउँमा ४ सयभन्दा बढी दलित परिवार बसोबास गर्छन् र अधिकांश परिवार चरम कुपोषणको मारमा परेका छन्। स्थानीय अगुवाहरूले राज्यले ध्यान नदिएको गुनासो गरेका छन्।











