रुपन्देही–३ मा उपचुनावस् सागर ढकालको तयारी, रास्वपाले भने : बकवास प्रचार
वि.सं.२०८२ असार १७ मंगलवार १९:५४
shares

काठमाडौं । सन् २०७९ मा शेरबहादुर देउवाविरुद्ध डडेल्धुरामा चुनाव लडेका सागर ढकाल अब रुपन्देही–३ बाट उपचुनाव लड्ने तयारीमा छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समर्थनमा उम्मेदवारी दिने संकेत दिएका छन्।
ढकालले फेसबुकमार्फत जनता र प्रणाली परिवर्तनको सन्देशसहित चुनावी संकेत दिएका छन्। उनले बालेन, रवि, कुलमानका समर्थकहरूलाई जोड्न खोजेका छन्।
तर, रास्वपाका नेताहरूले भने ढकाललाई उम्मेदवार बनाउने कुनै योजना नरहेको बताउँदै उनलाई उडन्ते गफू गर्ने अवसरवादीको संज्ञा दिएका छन्।
रास्वपाले अझै उम्मेदवार छनोट नगरे पनि जित्ने रणनीतिमा काम गरिरहेको छ। स्वतन्त्र विश्लेषकहरूका अनुसार ढकाल स्वतन्त्र उठे रास्वपाको मत काट्न सक्ने सम्भावना छ।
२०७९ को निर्वाचनमा एमाले समर्थित राप्रपाका दीपक बोहरा विजयी भएका थिए। रास्वपाले समानुपातिकमा तेस्रो सर्वाधिक मत ल्याएको थियो।













