ऐतिहासिक चोभार गल्छी जोगाउन दबाब (तस्बिरहरु)

1.83K
shares

काठमाडौं । काठमाडौं उपत्यकाको निकास विन्दुको रुपमा चिनिने चोभार गल्छी यतिबेला चर्चामा छ ।

सरकारले खोँचमा रहेका पाँचवटा ठूला ढुंगा र अन्य गेग्रेन हटाउन खोजेपछि स्थानीयहरू आक्रोशित छन् ।

पुरातात्विक महत्व बोकेको यस क्षेत्रको संरक्षण गर्नुपर्ने आवाज उठिरहेको छ ।

सांस्कृतिक, ऐतिहासिक, र भौगर्भिक सम्पदा स्थल मानिने यो स्थान दुई विशाल चट्टानहरूको बीचमा छ ।

हजारौं बर्ष पूरानो यो ऐतिहासिक प्राकृतिक संरचना जोगाउनुपर्ने आवाज बढेको हो।