भोलिबाट मलको अभाव नहुने कृषिमन्त्रीको दाबी

1.69K
shares

काठमाडौं । कृषिमन्त्री रामनाथ अधिकारीले शनिबारदेखि रासायनिक मलको अभाव नहुने पार्टी बैठकमा जानकारी गराएका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा मन्त्रीका रुपमा गरेका कार्यहरु जानकारी गराउने क्रममा अधिकारीले मल १ लाख १० हजार टन मल नेपाल प्रवेश गरिसकेको बताएका छन् । हाम्रो ३७ ठाउँमा गोदाम छन् ।
त्यहाँ धमाधम आज धेरै ठाउँमा लोड भएर भोलि बेलुकीसम्ममा ती गोदामहरुमा मल पुग्दैछ,’ अधिकारीले भने, ‘मलाई लाग्छ भोलिबाट मलको समस्या बजारमा नआउला ।’

कृषि मन्त्रालयको तर्फबाट प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत र स्थानीय तह मार्फत मात्रै बजेट विनियोजन हुने जानकारी पार्टी नेताहरुलाई गराए ।

कृषि मन्त्रालयमा आएको बजेटबाट २७ अर्ब रासायनिक मलका लागि दिइएको थियो । त्यसमध्ये योजनाको पैसा कटाएर १ अर्ब ८२ करोड रुपैयाँ समावेश गरिएका कारण अर्को वर्ष रासायनिक मलको समस्या हुँदैन ।’