गाजा पट्टीमा मृत्यु हुने प्यालेस्टिनीहरूको संख्या ५७ हजार नाघ्यो

1.6K
shares

एजेन्सी । हमास र इजरायलबीचको द्वन्द्व सुरु भएदेखि गाजा पट्टीमा मृत्यु हुने प्यालेस्टिनीहरूको संख्या ५७,२६८ पुगेको छ ।

अन्य १, ३५ ,६२५ जना घाइते भएको गाजाका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।

यस वर्ष मार्च १८ देखि मृत्यु हुनेको संख्या ६,७१० पुगेको छ भने घाइतेको संख्या २३,५८४ रहेको छ ।

विगत २४ घण्टामा १३८ जनाको मृत्यु भएको छ, जसमा मानवीय सहायता प्राप्त गर्ने प्रयास गर्दा ६२ जनाको मृत्यु भएको छ ।

अधिकारीहरूले शुक्रबार बिहानदेखि गाजा पट्टीमा इजरायली आक्रमणमा कम्तीमा ४१ प्यालेस्टिनीको मृत्यु भएको पनि जानकारी दिएका छन् । (सीसीटीभीप्लस)