नाला–भक्तपुर सडकखण्ड सञ्चालनमा

1.38K
shares

काठमाडौं । अवरुद्ध नाला–भक्तपुर सडकखण्डमा आज देखि यातायात सञ्चालनमा ल्याइएको छ ।

काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ४ र १ को सीमास्थलमा रहेको पुल शुक्रबार राति भाँचिदा सडकमा यातायात अवरुद्ध भएको थियो ।

भाँचिएको पुल अस्थायी रूपमा सञ्चालनमा ल्याइ आइतबार बिहानदेखि यातायात सञ्चालन भएको हो ।

शनिबार राति छवटा ठुल्ठूला ह्युमपाइप राखेर अस्थायी रूपमा पुल निर्माण गरेपछि आइतबार बिहानदेखि यातायात सञ्चालनमा ल्याइएको हो ।

मालवाहक गाडी पुल पार गरेलगत्तै ४५ वर्षअघि निर्मित उक्त पुल भाँचिएको थियो ।