भोजपुर सामूहिक हत्याः पोष्टमार्टमका लागि चारै शव जिल्ला अस्पतालमा

2.76K
shares

काठमाडौं । भोजपुरको रामप्रसाद राई गाउँपालिका–२, धोद्लेखानीमा सामुहिक हत्या गरिएका चार जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल पुर्‍याइएको छ ।

प्रहरीले घटनास्थलको मुचुल्का तयार गरेपछि उनीहरुको शव परीक्षण गर्न जिल्ला अस्पताल लगिएको हो ।

गएराति १६ वर्षीया श्रीमती मनिषा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासु मञ्जु गिरी र नौ वर्षीय साला सपन गिरीको छुरा प्रहार गरी हत्या भएको थियो । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले भोजपुर नगरपालिका–२ घर भएका ३० वर्षीय राजेन्द्र राईलाई पक्राउ गरेको छ ।

राति उनले नै प्रहरी कन्ट्रोल १०० मा फोन गरेर घटनाबारे जानकारी गराएका थिए । त्यसपछि घटनास्थलमा पुगेको प्रहरीले चारै जनालाई मृत अवस्थामा फेला पारेको थियो । राईलाई भने वडा नं। १ मा रगताम्ये अवस्थामा फेला पारेको थियो ।

पक्राउ परेका राईलाई थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइएको छ ।

भोजपुर नगरपालिका–२, हैलोछा घर भएका राजेन्द्र श्रीमतीलाई लिन ससुराली आएका थिए । तर, उनलाई फर्काउन नमानेपछि विवाद भएको र त्यही कारण घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक आशंका छ ।