प्रधानमन्त्री ओली रसुवाको बाढीग्रस्त क्षेत्रको स्थलगत निरिक्षण जाँदै

1.5K
shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली लगाएतका सरकारी प्रतिनिधिले रसुवाको भोटेकोशी नदीमा आएको बाढीले पुराएको जनधनको क्षतिको स्थलगत निरिक्षण गर्ने भएका छन् ।

प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखक लगाएतको टोली मंगलबार नै रसुवा पुगेर जनधनको क्षतिको स्थलगत निरिक्षण गर्न लागेको हो ।

गृहमन्त्री रमेश लेखकले रसुवामा निकै क्षति पुर्याएको बताएका छन् ।

पहिले स्थलगत निरिक्षण गरेपछि फर्केर बैठक बसि आवश्यक निर्णय लिइने उनले जानकारी दिए ।

रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपाल–चीन नाकाको मितेरी पुल बाढीले बगाएको छ भने १८ जना व्यक्ति वेपत्ता भएका छन् ।