एमालेको माग : सोबिता गौतमको अभिव्यक्ति संसद् रेकर्डबाट हटाउनू

1.59K
shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणबारे रास्वपाकी सांसद सोबिता गौतमले दिएको अभिव्यक्तिमा आपत्ति जनाउँदै सत्तारुढ नेकपा एमालेले संसद्को रेकर्डबाट हटाउन माग गरेको छ।

गौतमले भ्रमणमा गएका केही व्यक्तिहरू स्पेनमै बसेको समाचार आएको भन्दै विषय गम्भीर भएको बताएकी थिइन्। तर एमाले सांसद महेश बर्तौलाले उक्त भनाइलाई भ्रामक, कपोकल्पित र तथ्यहीनु भन्दै संसद्को गरिमामा आँच पु¥याउने अभिव्यक्ति भनेका छन्।

“को–को नफर्किएका हुन् रु यथार्थ खुलाउनोस्,” भन्दै बर्तौलाले गौतमलाई संसदमै सूची पेस गर्न चुनौती दिएका छन्। प्रधानमन्त्रीको सचिवालयले पनि अभिव्यक्तिमा आपत्ति जनाउँदै गौतमलाई नफर्किएको भनिएका व्यक्तिको नाम सार्वजनिक गर्न भनेको छ।

प्रधानमन्त्री ओली १४ असारमा स्पेनको ‘विकासका लागि वित्त’ सम्मेलनमा सहभागी हुन गएको टोलीसहित स्पेन पुगेका थिए।