आज अर्थसहित दुईवटा संसदीय समितिको बैठक बस्दै
वि.सं.२०८२ असार २५ बुधवार ०८:११
1.24K
shares
shares

काठमाडौं । संघीय संसद अन्तर्गत विभिन्न दुईवटा समितिको बैठक बस्दै छन् ।
बुधबार अर्थ समितिको बैठक बिहान १० बजे सिंहदरबारमा बस्दै छ । बैठकमा आ.व. २०८२÷८३ को मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने विषयमा छलफल गरिने कार्यसूची रहेको छ ।
त्यस्तै विधायन व्यवस्थापन समितिको ९१ औँ बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ । बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ मा विज्ञसँग छलफल गरिने कार्यसूची छ ।











