टी-२० विश्वकप छनोट : नेपाल समूह – २ मा
वि.सं.२०८२ असार २६ बिहीवार १४:०२
shares
Karan KC of Nepal celebrates the wicket of Martin Coetzee Hong Kong, China during the ACC Men's Premier Cup 2024 Group A match between Nepal and Hong Kong, China held at the Al Amerat Cricket Ground Oman Cricket (Turf 1), Oman on April 15, 2024. Photo by: Pankaj Nangia / Creimas / Asian Cricket Council RESTRICTED TO EDITORIAL USE
काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्र छनोटमा नेपाल समूह – २ मा परेको छ।
ओमनमा आगामी अक्टोबरमा हुने उक्त छनोटमा नेपाल समूह – २ मा परेको हो ।
उक्त समूहमा नेपालसहित कुवेत र जापान छन् । छनोटमा सहभागी ९ टोलीलाई ३ समूहमा विभाजन गरिएको छ । समूह -१ मा युएई, मलेसिया र कतार छन् । यस्तै समूह -३ मा आयोजक ओमान, पपुवान्यूगिनी र सामोआ छन्।
तीनवटै समूहबाट शीर्ष दुईमा रहने टोली सुपर -६ मा पुग्नेछ । सुपर -६ बाट शीर्ष ३ मा पर्ने टोलीले सन् २०२६ मा भारत र श्रीलंकामा हुने आईसीसी टी–२० विश्वकपमा छनोट खेल्नेछन् । छनोट अक्टोबर ८ देखि १७ सम्म ओमनमा हुनेछ ।
छनोटअन्तर्गत नेपालले पहिलो खेल अक्टोबर ८ मा कुवेतसँग खेल्नेछ । दोस्रो खेल अक्टोबर १० मा जापानसँग हुनेछ ।











