कलाक्षेत्रको साइबर अपराध हेर्न फोकल पर्सन तोकिने

2.22K
shares

काठमाडौं । गीतसंगीत र कला क्षेत्रमा हुने साइबर अपराध नियन्त्रणका लागि साइबर ब्युरोमा ‘फोकल पर्सन’ तोकिने भएको छ।

गृहमन्त्री रमेश लेखकले बिहीबार राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको टोलीलाई भेट्दै यस्तो निर्देशन दिएका हुन्।

सामाजिक सञ्जालमार्फत फैलिने विकृति रोक्न निष्कर्षसहित अघि बढ्ने बताएका गृहमन्त्रीले प्रहरी महानिरीक्षक दीपक थापा र साइबर ब्युरो प्रमुख नवीन्द अर्याललाई सो निर्देश दिएका हुन्।

कलाकारहरूले तीज लगायतका पर्वमा अमर्यादित गीतको रोकथाम गर्न माग गरेका थिए।