राष्ट्रिय सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
वि.सं.२०८२ असार २७ शुक्रवार ०८:०१
1.74K
shares
shares

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्ने भएको छ । बैठक दिउँसो १२ः१५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो ।
आजको बैठकमा ‘ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउन थप विशेष व्यवस्था गर्नुपर्ने’ भन्ने विषयको जरुरी सार्वजनिक महत्तवको प्रस्तावमाथि छलफल गरिने कार्यसूची रहेको छ ।
यसैगरी, बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘जलस्रोत विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।
यस्तै, गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।













