युनेस्कोको सम्भावित खतराको सूचीबाट हट्यो लुम्बिनी

1.61K
shares

काठमाडौं । युनेस्को वर्ल्ड हेरिटेज कमिटीको पेरिसमा जारी ४७औं सेसनले लुम्बिनीलाई एक वर्षका लागि सम्भावित खतराको सूचीमा नराख्ने निर्णय गरेको छ।

संरक्षण र सुधारका प्रयास सकारात्मक भएकाले यस्तो निर्णय भएको लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले जानकारी दिए।

युनेस्कोले लुम्बिनीको अवस्थामाथि अध्ययन गर्न रिएक्टिभ मनिटरिङ मिसन पठाउनेछ।

यसैबीच, गौतम बुद्धको बाल्यकाल बितेको प्राचीन शहर तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न अन्तिम चरणको छलफल भइरहेको र छिट्टै निर्णय हुने कोषले जनाएको छ।

सूचीकृत भएपछि तिलौराकोटको संरक्षण, प्रवर्द्धन र पर्यटकीय विकासलाई प्राथमिकता दिइनेछ।