रसुवा बाढी : केरुङ खोलाको पानी खोल्दै चिनियाँ पक्ष
वि.सं.२०८२ असार २९ आइतवार १५:२५
1.29K
shares
shares

काठमाडौं । असार २४ गते आएको भीषण बाढीले रसुवागढी क्षेत्रमा ठूलो क्षति पुर्याएको छ।
भोटेकोशी नदी (तिब्बततर्फ ल्हेन्दे खोला) मा थुनिएको केरुङ खोलाको पानी खोल्न चिनियाँ पक्षले उपकरण प्रयोग गर्न थालेको छ।
बाढीका कारण २० जना (छ जना चिनियाँ, तीन जना नेपाल प्रहरी, ११ जना नेपाली) बेपत्ता छन्।
३० भन्दा बढी कन्टेनर, निर्माण सामग्री र सवारीसाधन डुबानमा परेका छन्। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्धारमा खटिएका छन्।
रसुवागढीका सडकहरू पूर्ण रूपमा अवरुद्ध छन् भने स्थानीय बासिन्दा भयभित अवस्थामा छन्। मानसरोवर–कैलाश तीर्थयात्रुलाई वैकल्पिक नाका र हेलिकप्टरमार्फत सुरक्षित स्थानमा पुर्याइएको छ।













