काठमाडौं महानगरको नीति : ‘एक वडा, एक उत्पादन’लाई निरन्तरता, उद्यम र सहकारीमा जोड
वि.सं.२०८२ असार २९ आइतवार १५:३३
1.65K
shares
shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८२र८३ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ‘एक वडा, एक उत्पादन’ नीतिलाई थप परिस्कृत गर्दै निरन्तरता दिने घोषणा गरेको छ ।
शुक्रबार नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर बालेन्द्र शाह ९बालेन० ले समावेशी उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यसहित इन्कुबेसन सेन्टर, बिउ पूँजी अनुदान कार्यक्रम र सहकारी सुधार योजनालाई पनि अगाडि बढाइने बताएका हुन् ।
मेयर शाहले अहिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् ।













