‘जेरो वेस्ट सिटी’ अभियानमार्फत जलवायु संकट र फोहोर व्यवस्थापनमा महानगरको अभियान
वि.सं.२०८२ असार २९ आइतवार १५:५५
shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले जलवायु संकट र फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानका लागि ‘जेरो वेस्ट सिटी’ अभियान सञ्चालन गर्ने घोषणा गरेको छ ।
आइतबार नगरसभामा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर बालेन्द्र शाहले स्रोतमै फोहोर छुट्याउने (सोर्स सेग्रेसन)|, फोहोरबाट उर्जा उत्पादन (वेस्ट टु इनर्जी), सामुदायिक पुनस्प्रयोग केन्द्र र शहरी वनको अवधारणा कार्यान्वयन गरिने बताए ।
महानगरको नीति तथा कार्यक्रमअनुसार फोहोर व्यवस्थापनका परम्परागत तरिका सुधार गर्दै वातावरणमैत्री प्रविधिको प्रयोगमा जोड दिइनेछ । नागरिकलाई फोहोरको वर्गीकरण, पुन प्रयोग र जिम्मेवार उपभोगबारे सचेत गराउन विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ ।
नवप्रवर्तनलाई प्राथमिकतामा राख्दै वातावरण संरक्षण र दिगो शहरी विकास प्रणाली निर्माण गर्ने महानगरको योजना रहेको छ ।
यी कार्यक्रममार्फत काठमाडौंलाई सफा, हरित र जलवायु प्रतिरोधी शहर बनाउने दीर्घकालीन लक्ष्य लिइएको महानगरले जनाएको छ ।













