काठमार्डौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

1.6K
shares

काठमाडौं । आन्तरिक कलहका कारण तोकिएको समयमा बजेट ल्याउन नसकेको काठमार्डौं महानगरले आज आगामी आर्थिक वर्षको बजेट ल्याएको छ ।

उपप्रमुख सुनिता डंगोलले आज नगरसभाको बैठकमा २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट सार्वजनिक गरिन् ।

२५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ संचित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैयाँ अन्य बाह्य व्ययभार हुनेगरी सो रकमको अनुमानित बजेट सार्वजनिक गरिएको हो ।

बजेट ल्याउनुअघि मेयर बालेन्द्र शाह (बालेन) ले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

संवैधानिक व्यवस्था अनुसार स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याइसक्नु पर्ने भए पनि काठमाडौं महानगरभित्रको आन्तरिक द्वन्द्वले ढिला भएको हो ।