संसद् विघटनले मलाई पछ्याइरहेको छ भन्ने जानकार छु : पूर्वराष्ट्रपति भण्डारी
वि.सं.२०८२ असार ३१ मंगलवार १७:३४
1.96K
shares
shares

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटनको निर्णयले आफूलाई अझै पछ्याइरहेको कुरा आफूलाई थाहा रहेको बताएकी छन्।
उनले आफूले कुनै दबाबमा होइन, संविधानअनुसार मन्त्रिपरिषद्को सिफारिस कार्यान्वयन मात्र गरेको दाबी गरिन्।
मदन भण्डारी फाउन्डेसनद्वारा आयोजित कार्यक्रममा बोल्दै भण्डारीले विघटनको विषय संवैधानिक, राजनीतिक र ऐतिहासिक बहसको विषय हुन सक्ने बताइन्।






