सामान्य प्रशासनमन्त्रीमा भगवती न्यौपाने नियुक्त

1.6K
shares

काठमाडौं । राजकुमार गुप्ता घुस प्रकरणमा मुछिएपछि खालि रहेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने नियुक्त भएकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त गर्दै जिम्मेवारी तोकेका हुन् ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम आफ्नो पदबाट सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष राजीनामा दिनुभएकोले नेपालको संविधानको धारा ७६ को उपधारा (९)  बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा माननीय श्री भगवती न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोक्नु भएको छ ।’