जसपा नेपालले फिर्ता लियो सरकारलाई दिएको समर्थन
वि.सं.२०८२ असार ३२ बुधवार १७:१२
1.61K
shares
shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
बुधबार (असार ३२)बसेको पार्टीको संसदीय दलको बैठकबाट सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिएको पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट समर्थन फिर्ता लिनेबारे निर्णय गर्न संसदीय दललाई निर्देशन दिइएको थियो ।
सोहीबमोजिम संसदीय दलको बैठकबाट समर्थन फिर्ताको औपचारिक निर्णय गरिएको बस्नेतले बताए ।
पार्टी अध्यक्ष उपेन्द्र यादवले सरकारको एक वर्षको उपलब्धि आशाअनुरूप नभएका कारण समर्थन फिर्ता लिइएको बताए ।













