सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ

1.46K
shares

काठमाडौँ । सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले अग्रवाललाई पक्राउ गरेको एसएसपी विश्व अधिकारीले रातोपाटीलाई जानकारी दिए ।

उनलाई आपराधिक लाभ र ठगी मुद्दामा अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि पक्राउ गरिएको हो ।

अनुसन्धानका लागि हामीले अग्रवाललाई पक्राउ गरेका हौँ,’ एसएसपी अधिकारीले भने । उनलाई काठमाडौँको टोखाबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।