नागरिक सपना बोकेर राजनीतिमा होमिएका पारश

3.21K
shares

काठमाडौं । उदयपुरको हडिया–२ मा जन्मेका पारश मणि गेलाल सामाजिक अभियानहरूमा नयाँ नाम होइन । अब उनी राजनीतिमा पूर्णकालीन हुने तरखरमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय उद्योग तथा वाणिज्य विभाग सदस्यका रूपमा सक्रिय रहेका गेलाल पार्टीको प्रदेश नेतृत्व सम्हाल्ने आकांक्षासहित अघि बढिरहेका छन् । उनी ती विरलाहरूमा पर्छन्, जसले काठमाडौंको केन्द्रदेखि मोफसलसम्म निरन्तर रूपमा जनसंवाद र अभियान चलाइरहेका छन् ।

बाल्यकालदेखि संघर्षशील

गेलालको औपचारिक शिक्षा श्री थानपोखरी माविबाट सुरु भयो जहाँ उनले कक्षा ६ सम्म अध्ययन गरे । त्यसपछि जनता मावि, मधेशबाट उनले एसएलसी उत्तीर्ण गर्दै शिक्षा यात्रालाई अघि बढाए ।

विश्वविद्यालय क्याम्पस कीर्तिपुरबाट स्वास्थ्य शिक्षामा स्नातक उत्तीर्ण गरे, त्यो पनि प्रथम श्रेणीमा । शिक्षक पेशाबाट आफ्नो औपचारिक पेशागत यात्रा सुरु गरेका उनले जनता बेलका उच्च माविमा पढाउन थाले । यति मात्र होइन, उनले परीक्षा निरीक्षकका रूपमा पाँचपटकभन्दा बढी जिम्मेवारी सम्हाल्दै सफलतापूर्वक परीक्षाहरू सञ्चालन गरिसकेका छन् ।

शिक्षा र स्वास्थ्यप्रति समर्पित दृष्टिकोण

गेलाललाई शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता जनजीविकाका विषयमा गहिरो चासो छ । उनी सैद्धान्तिक भाषणभन्दा पनि जनताले प्रत्यक्ष अनुभव गर्ने व्यवहारिक काममा विश्वास गर्छन् ।

स्वास्थ्य शिक्षाका विद्यार्थी भएका नाताले देशमा समान पहुँचयुक्त, गुणस्तरीय स्वास्थ्य प्रणाली निर्माण हुनुपर्ने उनी जोड दिँदै आएका छन्। शिक्षामा उनी प्रयोगात्मक शिक्षण, नवीन विधि र शिक्षकको सशक्तिकरणलाई प्राथमिकता दिनुपर्ने मत राख्छन् ।

अभियानको अनुहारः असल शासनदेखि नागरिक सुनुवाइसम्म

पारश मणि गेलाल केवल राजनीतिक आकांक्षामा सीमित व्यक्ति होइनन् । उनले असल शासन क्लबमार्फत विभिन्न सामूहिक तथा सामाजिक अभियानको नेतृत्व गरेका छन् । जिल्ला नेतृत्व सम्हाल्दै सार्वजनिक सुनुवाइ र नागरिक सुनुवाई कार्यक्रमहरू सञ्चालन गरेका उनी स्थानीय युवा अभियन्ताका रूपमा स्थापित छन् ।

सञ्चार र तालिममा सक्रिय

गेलालको अर्को पहिचान सञ्चारकर्मीको पनि हो । उनले ‘विकासको बुलेटिन–सुनसरी’ नामक जिल्ला विकास समितिको प्रकाशनमा लेखन, सम्पादन र डिजाइनको जिम्मेवारी सम्हालेका थिए ।

किशोर आवाज पाक्षिक बुलेटिनका सम्पादकसमेत रहेका उनी सेभ द अर्थद्वारा प्रकाशित सामग्रीमार्फत किशोर–किशोरीको आवाज बुलन्द गर्ने काममा लागेका थिए ।

पीआए, रिपोर्ट कार्ड, नेतृत्व विकास, संविधानसभा तालिमलगायत दर्जनौं प्रशिक्षण लिएर उनले आफूलाई सशक्त युवा नेताका रूपमा स्थापित गराएका छन् ।

राजनीति प्रवेशः आन्दोलनदेखि उम्मेदवारीसम्म

देशमा परिवर्तनको लहर चलेका बेला उनी पनि चुप लागेर बस्न सकेनन् । रिले अनसनदेखि भ्रष्टाचार, बेथिति, अन्याय र अत्याचारविरुद्ध बेलाबेला सडकमै उत्रिएर नेतृत्वदाय भूमिका निभाउने उनी २०७४ सालमा स्वतन्त्र उम्मेदवार बनेर चुनावी मैदानमा होमिएका थिए । जनतालाई लक्षित गर्दै क्रान्तिकारी घोषणापत्र सार्वजनिक गरेर उनले चुनाव लडे ।

काठमाडौं महानगरपालिकाको मेयर पदमा बालेन्द्र शाह स्वतन्त्र उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिंदा, पारसमणि गेलालले ४–५ सय जनाको र्‍यालीको नेतृत्व गर्दै उनलाई सघाएका थिए ।

उद्योग र व्यवसायमा सफल उदीयमान युवा

राजनीति र सामाजिक अभियानसँगै पारश मणि गेलाल निजी व्यवसायमा पनि उत्तिकै सफल छन् । उनी स्काइवेल इभी ब्राण्डको आधिकारिक आयातकर्ता ९इम्पोर्टर० हुन् । वातावरणमैत्री विद्युतीय सवारी ९भ्ख्० बजारमा उदीयमान ब्राण्डहरू अघि ल्याउने उनको प्रयास उल्लेखनीय छ ।

अन्तर्राष्ट्रिय अनुभवसहितको युवा नेतृत्व

गेलाल भारत, चीन, थाइल्याण्ड, अमेरिका लगायत देशको भ्रमण गरिसकेका छन् । अन्तर्राष्ट्रिय विकास, शहरी योजना र नेतृत्व प्रणालीलाई नजिकबाट नियाल्ने अवसर पाएका उनले नेपालका लागि उपयुक्त नीति र अभ्यासको खोजी गर्दै आएका छन् ।

भविष्यको योजनाः संघीय सांसद हुने लक्ष्य

आगामी २०८४ सालको निर्वाचनमा संघीय संसदको सदस्य पदका लागि उम्मेदवारी दिने स्पष्ट योजना बनाइसकेका छन् उनले । जनताको समस्या नजिकबाट बुझेका, विकासलाई तल्लो तहबाट माथिसम्म बुझ्ने पारसमणि गेलाल नेपाली राजनीतिमा आशाका दियो हुन् ।

उनी भन्छन्, “अब भाषण होइन, जनताले महसुस गर्ने काम गर्नुपर्छ । शिक्षा, स्वास्थ्य र रोजगारी–यी तीन कुरामै देशको परिवर्तन अडिएको छ ।”

सारांशमा, पारश मणि गेलाल त्यो पुस्ताका नेता हुन् जसले व्यवहार, अनुभव र इमानदार दृष्टिकोणबाट आफूलाई स्थापित गर्दैछन् । उनी भविष्यमा संघीय राजनीति र विकास नीति निर्माणमा सशक्त नेतृत्व दिन सक्ने सम्भावना बोकेका छन् ।