राष्ट्रपति र उपराष्ट्रपति भइसकेकालाई पार्टी सदस्यताबाट सदाका लागि निवृत्त गर्नुपर्ने प्रस्ताव
वि.सं.२०८२ साउन ६ मंगलवार १९:१६
1.94K
shares
shares

काठमाडौं । नेकपा एमालेले पार्टीबाट राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचितलाई पार्टी सदस्यता र जिम्मेवारीबाट सधैंका लागि निवृत्त हुने गरी वैधानिक प्रबन्ध गर्नुपर्ने प्रस्ताव गरेको छ ।
पार्टी कार्यालय च्यासलमा बसेको केन्द्रीय कमिटीको ९औं बैठकमा यस्तो प्रावधानका लागि विधान संशोधन प्रस्ताव गरिएको हो ।
राज्य सञ्चालनको लागि नभई नहुने केही शीर्ष नेतृत्वबाहेक पार्टीको टिकटमा निर्वाचित हुने जनप्रतिनिधिलाई निश्चित समयपछि ‘कुलिङ पिरियड’ को व्यवस्था गर्नुपर्ने प्रस्ताव गरिएको छ ।
यसले टिकटका लागि हुने खिचातानीको न्यूनीकरण हुनुको साथै न्याय स्थापित हुने विश्वास एमालेको छ ।











