च्यासल प्रकरणबाट अचम्मित छैनः विद्या भण्डारीकी छोरी उषा किरणको प्रतिक्रिया

2.13K
shares

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा आउन नदिने नेकपा एमालेको निर्णयप्रति आफू अचम्मित नरहेको भण्डारीकी छोरी उषा किरणले बताएकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले निर्णय प्रक्रियाप्रति जानकार रहेकाले अचम्मित नरहेको उल्लेख गरेकी छन्् । ‘निर्णय र निर्णयमा पुग्न गरिएका तिगडम दुवैबाट म चाहिँ अचम्मित छैन’ उनले लेखेकी छन्, ‘म खुसी छु कि यो खुला रुपमा बाहिर आयो ।’

उनले पुष्पलालको परिवार राजनीतिमा निष्कृय रहनुको प्रशंग उल्लेख गर्दै आफ्नो परिवारलाई पनि अप्ठ्यारो आइलागेको बताएकी छन् । ‘विगतको एक महिनादेखि मलाई ज्ञान भयो नैतिक समर्थन पनि गर्न नसकिने तहसम्म पनि पुर्याउने रहेछन्’ उषा किरणले लेखेकी छन् ।

उनले च्यासलको केन्द्रीय कमिटी बैठकको निर्णयलाई प्रकरणको संज्ञा दिएकी छन् । ‘यो ज्ञानको बोझ आज यहाँ बिसाउने मौका यो प्रकरणले दियो– त्यस कारण यो प्रकरणलाई धन्यवाद’, उनले लेखेकी छन् ।