विदेशबाट आएका लासहरुको क्षतिपूर्तीमा सरकारले ध्यान जान आवश्यक छ : सांसद खान

1.51K
shares

काठमाडौं । जनमत पार्टीका सांसद अब्दुल खानले विदेशबाट आएका लासहरुको क्षतिपूर्तीमा सरकारले ध्यान दिनुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले १३ दिन अघिको लास अझै नेपाल नआएको भन्दै सरकारले यसमा ध्यान दिनुपर्ने बताए ।

उनले लास ल्याउन नसक्ने र मृतकको परिवारलाई क्षतिपूर्ती दिन नसक्ने भए रेमिट्यान्सबाट देश चलाई रहेको भन्न लाज हुनुपर्ने बताएका छन् ।

‘प्रत्येक बर्ष विदेशमा नेपालीहरु १३ सय ४६ जनाले ज्यान गुमाइरहेका छन् ।

प्रत्येक दिन नेपालको एयरपोर्टमा नेपालीको लास आउने गरेको छ ।

१३ जुलाई २०२५ मा बर्षातको कारणले गर्दा २२ बर्षको राजन यादव र रोजिन ओली २० बर्षको उमेरमा मृत्यु भएको थियो, अमेरिकामा रहेका दुइ नागरिकको लास अझै नेपाल आएको छैन ।

यस प्रति सरकारले ध्यान दिन जरुरी रहेको छ । हामी लास ल्याउन सक्दैनौं, मृतकको परिवारलाई क्षतिपूर्ती दिन सक्दैनौं भने रेमिट्यान्सबाट देश चलाई रहेको भन्न लाज रहेको कुरा रहेको छ । यसप्रति सरकारले ध्यान दिन जरुरी रहेको छ ’ उनले भने ।