काठमाडौं महानगरपालिकाले जेसीबीको माटो खसालेर सडकमा धुलो गरेपछि ५० हजार जरिवाना तिरायो

1.65K
shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकमा माटो खसालेर धुलो बनाएको भन्दै एक व्यत्तिलाई जरिवाना तिराएको छ ।

काठमाडौं महानगरपालिका–१४ स्थित बल्खु चोकमा जेसीबीले लगाउने क्रममा सडकमा माटो खसालेको भन्दै महानगरले ५० हजार जरिवाना गराएको हो ।

स्थानीय हरिलाल श्रेष्ठलाई ५० हजार जरिवाना तिराइएको मेयर बालेन्द्र शाह (बालेन) को सचिवालयले जनाएको छ ।

व्यक्तिगत काम गर्ने क्रममा सडकमा फोहोर गरेपछि जरिवाना गराइएको सचिवालयले जनाएको छ ।