एक वर्षमा १९ किलो कोकिनसहित १,६७५ लागुऔषध कारोबारी पक्राउ

1.72K
shares

काठमाडौं । आर्थिक वर्ष २०८१र८२ मा लागुऔषध नियन्त्रण ब्यूरो तथा मातहत कार्यालयहरूले १ हजार ६७५ जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । यस्तै सोही अवधिमा १ हजार १३२ वटा मुद्दा दर्ता भएको छ ।

ब्यूरोका अनुसार यस अवधिमा ठूलो मात्रामा विभिन्न प्रकारका लागुऔषधहरू बरामद गरिएका छन्। बरामद भएका लागुऔषधमध्ये कोकिन मात्र झन्डै १९ किलो ९१८ किलो (१९ ग्राम) रहेको छ। त्यस्तै, २५ किलो २३७ ग्राम हेरोइन, २८ किलो अफिम, २७२ ग्राम एम्फेटामाइन, ३,२५० किलो चरेशरगाँजा तथा थाइल्याण्डबाट आयात गरिएको २०७ किलो गाँजा बरामद गरिएको छ।

त्यसैगरी, औषधीजन्य नियन्त्रित एम्पुल ५८ हजार ५७ थान, ट्रामाडोल क्याप्सुल १० लाख २८ हजार १०२ थान, नाइट्रोभेट ट्याब्लेट १ लाख १९ हजार ९८२ थान, कोडिन सिरप ४७ लिटर, ईफ्रिड्रिन ८५४ ग्राम र एलएसडी १९१ पिस बरामद भएको ब्यूरोका सह(प्रवक्ता प्रहरी नायब उपरीक्षक जीवन निरौलाले मंगलबार जानकारी दिए ।

लागुऔषधको उत्पादन, सञ्चय, ओसारपसार, बिक्री वितरण तथा सेवन गर्नु आपराधिक कार्य भएकाले यस्ता गैरकानुनी गतिविधिमा संलग्न नहुन र अरुलाई पनि नलगाउन ब्यूरोले अनुरोध गरेको छ।