डा. शेखर कोइरालाको सुझाव:पूर्वराष्ट्रपति राजनीतिमा नफर्किएकै राम्रो
वि.सं.२०८२ साउन १४ बुधवार १४:०६
2.51K
shares
shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पूर्वराष्ट्रपतिहरूलाई सक्रिय राजनीतिमा फर्किनु उचित नहुने सुझाव दिएका छन्।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले पूर्वराष्ट्रपति भण्डारीसँग भेटघाटलाई सामान्य राजनीतिक संवादको अंश भएको बताए।
उनले संवैधानिक परिषद्सम्बन्धी विधेयक संसदमा नपुगेकोप्रति चिन्ता व्यक्त गर्दै लोकतन्त्रका लागि खतरनाक भएको टिप्पणी गरे।
साथै, वर्तमान सरकार २०८४ सालसम्म चलोस् भन्ने चाहना राखे पनि यसको प्रभावकारीता प्रति असन्तुष्टि जनाए।
सुशासन र भ्रष्टाचार विरुद्ध आफूले निरन्तर आवाज उठाएको कोइरालाको दाबी छ।
भूमि विधेयकबारे पनि समितिमा विस्तृत छलफल गरी निर्णय गरिनुपर्नेमा उनले जोड दिए।




