एएफसी यू–२० महिला एसियन कप छनोटका लागि नेपाली टोलीलाई विदाई

1.53K
shares

काठमाडौं । भुटानमा हुने एएफसी यू–२० महिला एसियन कप छनोट खेल्न जाने नेपाली यू–२० महिला फुटबल टोलीलाई विदाई गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार काठमाडौंमा नेपाली यू–२० महिला फुटबल टोलीलाई विदाई गरेको हो ।

कार्यक्रममा राखेपका सदस्य सचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, एन्फा महासचसव किरण राई लगायतले एसियन कप छनोट खेल्न जाने नेपाली यू–२० महिला टोलीलाई विदाई गरेका थिए ।

विदाई कार्यक्रममा टोलीका मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले यसअघि भएका कमीकमजोरीलाई सुधार गर्दै एसियन कप छनोटमा राम्रो नजिता निकाल्ने बताए ।

त्यस्तै कप्तान विर्सना चौधरीले एसियन कप छनोटका लागि तयारी राम्रो भएकाले नेपालको पक्षमा नजिता आउने उल्लेख गरे ।

टोलीले आगामी भदौ २३ देखि २८ सम्म भुटानमा आयोजना हुने एएफसी यू–२० महिला एसियन कप छनोटमा प्रतिस्पर्धा गर्नेछ । छनौट चरणको खेलमा नेपाल समूह बी मा रहेको छ । समूह बीमा समूहमा उत्तर कोरिया, आयोजक भुटान र साउदी अरब पनि रहेका छन् ।

छनोट चरणमा प्रत्येक समूहको शीर्ष टोलीले आगामी वर्ष आयोजना हुने एएफसी यु–२० महिला एसियन कपको अन्तिम चरणमा स्थान बनाउनेछ ।