बागमती कांग्रेस संसदीय दलको नेतामा बानियाँ निर्वाचित, उनकै मत बदर

2.94K
shares

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ २२ मत लिएर निर्वाचित भएका छन् ।

बुधवार भएको दलको निर्वाचनमा बानियाँले मुख्यमन्त्री समेत रहेका बहादुरसिंह लामा तामाङलाई पराजित गरेका हुन् । लामाको पक्षमा १४ मत मात्रै आयो । १ मत बदर भयो । बदर मत बानियाँ कै भएको बुझिएको छ ।

लामाले दलको नेताको हैसियत गुमाएपछि आज बुधवार दलको नेता चयनका लागि निर्वाचन भएको हो । बानियाँको नेतृत्वमा कांग्रेसका २१ जना सांसदले ९ साउनमा दल कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।