ऐना पहरामा यात्रुबाहक बस दुर्घटना,

637
shares

काठमाडौं । मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको भानु नगरपालिका ४ स्थित ऐना पहरामा यात्रुबाहक बस दुर्घटनामा परेको छ।

गोरखाबाट नारायणगढका लागि छुटेको ग २ ख १०७७ नम्बरको बस आइतबार दिउँसो मर्‍याङ्दी नदी किनारमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो।

तनहुँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीका अनुसार दुर्घटनास्थलबाट हालसम्म दुई यात्रुको उद्धार गरिएको छ।

बस नदी किनारमा उत्तानो परेको अवस्थामा फेला परेको छ र अन्य यात्रुहरूको खोजी कार्य जारी रहेको उनले जानकारी दिए। बस पूर्णरूपमा सडकबाट तल खसेको छ,” प्रमुख जिल्ला अधिकारी अधिकारीले भने, “यात्रीको सङ्ख्या यकिन हुन सकेको छैन। उद्धार टोली थप यात्रुहरू खोज्न नदी किनारमा खटिएको छ।

घटनाको जानकारी पाउनेबित्तिकै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली तत्काल घटनास्थलमा पुगेको छ।

स्थानिय बासिन्दाहरू पनि उद्धारमा सहयोग गरिरहेका छन्। दुर्घटनास्थल दुर्गम स्थानमा परेकाले उद्धारमा केही कठिनाइ भइरहेको जनाइएको छ।

मुग्लिन–पोखरा सडकखण्डको ऐना पहरा क्षेत्र पहिरो तथा साँघुरो सडकका कारण सधैं जोखिममा रहने ठाउँ मानिन्छ। लगातारको वर्षाका कारण सो क्षेत्रमा सडक चिप्लो हुने, भिजेका माटो खस्ने र चालकले सन्तुलन गुमाउने घटना पटक–पटक भइरहेका छन्।

यसअघि, २०८१ साल भदौ ७ गते पनि यही ठाउँ नजिक भारतीय तीर्थयात्री सवार बस मर्‍याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो। त्यतिबेला पनि वर्षाका कारण सडक चिप्लिएको र बसले मोडमा सन्तुलन गुमाएको अनुसन्धानले देखाएको थियो।

हाल दुर्घटनाग्रस्त बसमा कति यात्रु सवार थिए भन्ने एकिन भइसकेको छैन।

गोरखाबाट नारायणगढका लागि छुटेको बस नियमित सवारी भएको भए पनि यात्रु सूची नभएकोले खोजी कार्य जटिल भएको प्रहरीले बताएको छ।