भारतको उत्तराखण्ड धरालीमा भयानक बाढी, ४ जनाको मृत्यु, कैयौं बेपत्ता

1.64K
shares

काठमाडौं । भारतको उत्तराखण्डस्थित उत्तरकाशी जिल्लाको धराली गाउँमा भीषण बाढी आएको छ ।

खीरगंगा नदीको माथिल्लो क्षेत्रमा बादल फाट्दा आएको भयानक बाढीले धराली गाउँमा ठूलो विनाश निम्त्याएको छ।

बाढीमा परेर कम्तीमा ४ जनाको मृत्यु भएको पुष्टि भएको छ भने धेरै मानिसहरू बेपत्ता भएको आशंका गरिएको छ।

उत्तरकाशीका जिल्ला अधिकारी प्रशान्त अर्याले धाराली गाउँमा आएको बाढीका कारण चार जनाको मृत्यु भएको पुष्टि गरेको भारतीय मिडिया टाइम अफ इन्डियाले उल्लेख गरेको छ ।

उनका अनुसार लेदोसहितको भीषण बाढीले भौतिक संरचनाहरूमा समेत क्षति गरेको छ ।

उक्त क्षेत्रको खोज र उद्धार कार्यका लागि सेना, राष्ट्रिय विपद् प्रतिक्रिया बल र राज्य विपद् प्रतिक्रिया बलका टोलीहरू खटाइएको उनले जानकारी दिए अर्याका अनुसार उक्त प्रभावित क्षेत्रमा थुप्रै साना गेस्ट हाउस, होटल र रेस्टुरेन्टहरू रहेका छन्।

भारतका गृहमन्त्री अमित शाहले उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीसँग घटनाको सम्बन्धमा कुराकानी गर्दै धराली क्षेत्रमा क्लाउडबर्स्टका कारण भएको व्यापक क्षतिप्रति चिन्ता व्यक्त गरेका छन्।