अनलाइन सञ्चारमाध्यम दर्ता अब जिल्ला प्रशासन कार्यालयमार्फत : मन्त्री गुरुङ
वि.सं.२०८२ साउन २१ बुधवार १७:४२
shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले अनलाइन सञ्चारमाध्यमको दर्तासम्बन्धी नयाँ व्यवस्थालाई स्वीकार गरेर अघि बढ्नुपर्ने बताएका छन् ।
बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै संसदले नै पास गरेर कानून बनिसकेको अवस्थामा अनलाइन सञ्चारमाध्यमको दर्ता प्रक्रिया जिल्ला प्रशासन कार्यालयमार्फत हुने व्यवस्थालाई सवैले मान्नुपर्ने बताएका हुन् ।
नयाँ व्यवस्था सदनबाट पास हुदा आफुलाई समेत जानकारी नभएको उनले बताए ।
मन्त्री गुरुङले केहि नेपाल ऐन संशोधन गर्ने बिषय सञ्चार मन्त्रालयको नभइ कानून मन्त्रालयको भएको जिकिर गरे ।
सरकारले हालै केही नेपाल ऐन संशोधनमार्फत छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन, २०४८ मा नयाँ व्यवस्था थप गरेसँगै अनलाइन सञ्चारमाध्यमको दर्ता प्रक्रिया जिल्ला प्रशासन कार्यालयमार्फत हुने भएको छ ।













