भरत परियार र सुनितामी परियारको कारुणिक तीज गित ‘‘करीम’’ सार्बजनिक

2.72K
shares

काठमाडौँ । हिन्दु नेपाली दिदी-बहिनीहरु महिला नारीहरुको महानचार्ड हरितालिका तिज पर्ब नजिकिदै गर्दा बजारमा बिबिन्न तिजका नयाँनया भाकाहरु सार्बजनिक हुने क्रम जारि छ ।

यसै क्रममा चर्चित गायक गितकार सर्जंक भरत परियारले यसबर्षको कोशेली स्वरुप नया तिज गित ‘‘करीम’’ बोलको म्युजिक भिडियो बजारमा सार्बजनिक गरेका छन् ।

जुन गितमा गायक भरत् परियारका साथै गायिका सुनितामी परियारको स्वर सुन सकिन्छ ।

गितको शब्द संगीत पनि गायक स्वयम् परियारकै रहेको छ । रमेश सेन्चुरीले संगीत संयोजन गरेको गितमा समित परियारले ध्वनि सम्पादन गरेका हुन् ।

सरोज शाहीले छायांकन गरेको भिडियोमा , सुरज आचार्यले गितको कोरियोग्राफी ,गरेका छन् ।

नरेन्द्र बहादुर धामीले निर्देशन ,सम्पादन कलर गरेको भिडियोमा बिजय केसी ,अश्मिता बस्नेत ,देब कुमारी खड्गी , डि.के. सुनार लगायतको अभिनय प्रस्तुत गरिएको छ ।

यस गितको भिडियो पनि गायक भरत् परियारको आफ्नै आधिकारिक युटुब च्यानल बाट सार्बजनिक गरिएको हो ।

तिजैको लहर मनै हरर , सबैलाई आयो तिज बरिलै, मै दुखि चेलीलाई आईन बरिलै भनेर एउटा महिला प्रदेशमा रहेर नेपालमा रहदाको आफ्नो ताजकी तिज पर्ब पारिवारिका तरिकाले हर्स उलासका साथ् तिज पर्ब मनाउदाको क्षण र आफ्नो आमा प्रति समर्पित तरिकाले सम्झिएको र आफ्नो भाईले दिदीलाई सम्झिएर कति दुख गर्छेउ दिदि पराईको ठाउमा दुख जति यहि गरौला फर्की आउ भनेर दिदीलाई भाईले फर्किन आग्रह गरेको कारुणिक भाब गितमा प्रस्तुत गरिएको छ ।