‘आदिवासी जनजातिहरुले पहिले आफ्ना अधिकारहरुको महत्वलाई बुझ्नुपर्छ’
वि.सं.२०८२ साउन २३ शुक्रवार १९:००
806
shares
shares

काठमाडौं । उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिहंले आदिवासी जनजातिहरुका अधिकारको महत्वलाई बुझ्न आवश्यक रहेको बताएका छन् ।
शुक्रबार कांग्रेस निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघको कार्यक्रममा बोल्दै उनले आफ्नो अधिकार प्राप्त गरी र सीमा भित्र रही संयमित रुपमा आफ्नो अधिकारहरुलाई सदुपयोग गरेर अगाडि बढ्नुपर्ने बताए ।
उनले नीति निर्माण तहमा आदीबासी जनजातिहरुको उल्लेखनीय प्रतिनिधित्व रहेको तर त्यसमा चित्त बुझाउन नसकिने बताए ।













