कैलाली कारागार तनावग्रस्तस् कैदीबन्दीको नियन्त्रणमा जेल, ग्याँस सिलिन्डर राखेर धम्की

2.42K
shares

काठमाडौं । कैलाली कारागारमा भएको कैदीबन्दीबीचको झडपले ठूलो रूप लिँदा जेल अहिले कैदीबन्दीको नियन्त्रणमा छ।

शुक्रबार राति भएको आक्रमणमा ४० वर्षीय भरत चौधरीको मृत्यु र ४७ जना घाइते भएका छन्।

घटनापछि कैदीहरूले ग्याँस सिलिन्डर राखेर आगो लगाउने चेतावनी दिएका कारण सुरक्षाकर्मी अहिलेसम्म प्रवेश गर्न सकेका छैनन्।

झडपको कारण भूपेन्द्र बडुवाल हत्या प्रकरणका कैदी सरूवा र कारागार नाइके परिवर्तन विवाद रहेको प्रहरीको भनाइ छ।

झडप ब्लक ए बाट ब्लक बीमा, इँटाले टालिएको पुरानो ढोका फुटाएर भएको हो। आक्रमणमा रड, खुकुरी, चक्कु प्रयोग भएको स्रोतले जनाएको छ।

कारागारमा १५० कैदी क्षमताको सट्टा ७०० भन्दा बढी कैदीबन्दी रहेका छन्। सुरक्षामा गम्भीर त्रुटि देखिएको र प्रशासनको कमजोरीले स्थिति भयावह बनेको छ।