प्रधानमन्त्रीद्वारा युवा दिवसको शुभकामना

2K
shares

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरराष्ट्रिय युवा दिवसको शुभकामना व्यक्त गरेका छन्। प्रधानमन्त्री ओलीले आज दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत युवाहरूलाई शुभकामनादिएका हुन्। “आज अन्तरराष्ट्रिय युवा दिवस । सन् १९९९ मा संयुक्त राष्ट्रसङ्घले युवाहरूको योगदान, अधिकार र अवसरको सम्मान गर्ने दिनका रूपमा हरेक वर्ष अगस्ट १२ लाई युवा दिवस घोषणा गर्यो । पहिलोपटक सन् २००० मा युवा दिवस मनाइएको थियो । यसले युवालाई सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक क्षेत्रमा सशक्त बनाउन प्रेरणा दिएको छ”, प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीले फूलको मुस्कान कोपिलामा भएजस्तै युवाको ऊर्जा, सिर्जनशीलता र सपनामा नै राष्ट्रको भविष्य रहेको उल्लेख गरेका छन् । ओलीले भनेका छन् “हाम्रो सकारात्मक सोच, निरन्तरको प्रयास र एकताबद्ध व्यवहारले देशलाई समृद्ध बनाउने सङ्कल्प पूरा हुनेछ ।”
आज नेपालसहित विश्वभरि नै युवा दिवस मनाइँदै छ । राष्ट्रिय युवा परिषद्कै अगुवाइमा २०७३ सालदेखि युवा दिवस मनाउन थालिएको हो ।