शेयर बजार ओरालो यात्रामै, ३ दिनमा ६४ अङ्कभन्दा धेरैले घट्यो

1.64K
shares

काठमाण्डौ – शेयर बजार लगातार तेस्रो दिन घटेको छ ।

शेयर बजार परिसूचक नेप्से आज १० दशमलव ५० अङ्कले घटेर २ हजार ७ सय ८५ दशमलव ७४ विन्दुमा झरेको छ । शेयर बजार ३ दिनमा ६४ अङ्कभन्दा धेरैले घटेको छ ।

आज विकास बैंक, फाइनान्स, म्युचल फन्ड र अन्य बाहेक सबै समूहको शेयर घटेकोमा व्यापारको शेयर डेढ प्रतिशतले ओरालो लागेको छ ।

आज कुमारी बैंकको डिबेन्चर २०८६ झन्डै साढे ९ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन माया खोला हाइड्रोपावर कम्पनीको शेयर भने साढे ५ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ६ अर्ब ९१ करोडको कारोबार भएकोमा आज ३ सय २१ वटा कम्पनीका १ करोड ५८ लाख कित्ता शेयर ६ अर्ब १६ करोड रुपैयाँमा किनबेच भएको छ ।