राष्ट्रपतिसमक्ष विभिन्न मुलुकका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
वि.सं.२०८२ साउन २९ बिहीवार १८:३३
1.38K
shares
shares

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न मुलुकका नवनियुक्त राजदूतहरूले ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।
राष्ट्रपति भवनमा आज आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उहाँहरुले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
राष्ट्रपति पौडेलसमक्ष नेपालका लागि जर्मनीका लागि आवासीय राजदूत उडो एयुगेन भोल्ज, फिनल्याण्डका आवासीय राजदूत पेट्रे जुहानी पुहक्का, बुर्किना फासोका गैरआवासीय डा डिसाइर बोनिफेस सोम र कम्बोडियाका गैरआवासीय राजदूत राथ मेनीले आआफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका थिए।
समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो ।
नवनियुक्त राजदूतहरूलाई काठमाडौंस्थित होटल दुषित प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको थियो ।











