रवि लामिछाने अस्वस्थ

1.12K
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएको छ।

रुपन्देही कारागारबाट ललितपुरको नख्खु कारागार सारिएका लामिछानेलाई भेट्न सोमबार उपसभापति डिपी अर्याल पुगेका थिए।

भेटपछि उनले लामिछानेको छालामा परिवर्तन देखिएको बताएका छन्।

उनको अनुमानमा, लामिछानेलाई यो समस्या रुपन्देही कारागारमा घाम नपाएको कारण हुन सक्छ।

उनको रगत परीक्षणका लागि अस्पताल पठाइएको छ ।