शेखर कोइराला र उपसभामुख रानाबीच फोन संवाद

1.89K
shares

काठमाडौं । अमेरिका भ्रमण रहेकी उपसभामुख इन्दिरा राना मगर र कांग्रसका नेता डा। शेखर कोइरालाबीच फोनवार्ता भएको छ।

कांग्रेस एमालेले उपसभामुखको आचरणमा प्रश्न उठाउँदै हटाउन हस्ताक्षर संकलन गरेपछि उपसभामुख रानाले कोइरालासँग कुराकानी गरेकी हुन्।

कांग्रेस नेता कोइराला रानालाई हटाउन नहुने पक्षमा छन्। शेखर निकट एक नेताले भने, ‘उपसभामुखले नै शेखर दाइलाई फोन गर्नुभएको थियो। छोटो कुराकानी भयो।’

उपसभामुखलाई हटाउन कांग्रेसले पार्टीका सांसदहरूको खालि कागजमा हस्ताक्षर संकलन गरिरहेको भएपनि शेखरसहित उनी पक्षका सांसदहरूले हस्ताक्षर गरेका छैनन्।
गत वर्ष पनि प्रधानमन्त्री केपी ओलीले रानालाई पदबाट हटाउनुपर्ने प्रस्ताव राख्दै कोइराला विपक्षमा उभिएपछि कांग्रेसभित्र सहमति नजुटेपछि विफल भएको थियो।