टप इन्ड सिरिजः मेलबर्नविरुद्ध नेपाल ब्याटिङमा, ऐरीले कप्तानी गर्दै

वि.सं.२०८२ भदौ ४ बुधवार ११:१०
988
shares
shares

काठमाडौं । अष्ट्रेलियामा जारी टप इन्ड सिरिज अन्तरगत आफ्नो चौंथो खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ । आज नेपालको कप्तानी उपकप्तान दिपेन्द्रसिंह ऐरीले गर्दैछन् ।
कप्तान रोहितकुमार पौडेललाई विश्राम दिएर दिपेन्द्रलाई कप्तानी दिइएको हो । अघिल्लो म्याचमा दिपेन्द्रलाई विश्राम दिइएको थियो । यो प्रतियोगितामा नेपालका प्रशिक्षकले सबै खेलाडीहरुलाई पालैपालो अवसर दिइरहेका छन् ।