कैलाली : नदीमा डुबेर ४ जनाको मृत्यु
वि.सं.२०८२ भदौ १२ बिहीवार १६:३७
1.26K
shares
shares

कैलाली । कैलालीको खुटिया नदीमा डुबेर बेपत्ता भएका चार जनाको शव निकालिएको छ ।
गोदावरी नगरपालिका–९ स्थित खुटिया नदीमा नुहाउने क्रममा धनगढीका चार किशोर बेपत्ता भएका थिए ।
बेपत्ता हुनेमा १७ वर्षीय सक्षम जोशी, १५ वर्षीय जेव भण्डारी, १७ वर्षीय जादेज भण्डारी र १७ कै प्रतीक चौधरीको शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले बताए ।










