सेनाले कडा पार्‍यो सुरक्षा व्यवस्था

1.7K
shares

काठमाडौँ । नेपाली सेनाले काठमाडौंको सुरक्षा व्यवस्था कडा पारेको छ । बिहीबार जेन–जी समूह र उनीहरूले पठाउने प्रतिनिधि र केही सरोकारवालासँग अन्तरिम सरकार गठनलगायतका विषयमा छलफल हुँदै गर्दा अर्को समूह पनि माइतीघर जाने सूचनापछि सेनाले कडाइ गरेको हो ।

जेन–जी समूहभित्रै अन्य समूह र संविधान बचाउ अभियान भन्दै अर्को समूह पनि माइतीघर जान खोजेपछि सेनाले यतिबेला काठमाडौंको रिङरोड भित्रको सुरक्षा व्यवस्था एकदमै कडा पारिएको छ ।

समूहमा हिँडडुल गर्न प्रतिबन्ध लगाइएको छ भने अनावश्यक रूपमा बाहिर निस्कन वा सडकमा हिँड्न दिइएको छैन । सेनाले चक्रपथ क्षेत्रबाट भित्र प्रवेश गर्न दिएको छैन ।

सञ्चारकर्मी र सार्वजनिक सेवामा रहेकाहरूलाई पनि कडा चेकजाँच गरिएको छ ।