सुमना श्रेष्ठले छाडिन् रास्वपा
वि.सं.२०८२ भदौ २९ आइतवार १२:२८
1.56K
shares
shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सुमना श्रेष्ठले पार्टी छाडेकी छन्।
उनले आइतबार पार्टी छाडेको जानकारी रास्वपालाई गराएकी हुन्।
‘कहिलै गल्ती नस्विकार्ने ! गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने ! पार्टीभित्र आलोचना गर्नेहरूका विरूद्धमा मिडिया ट्रायल गर्ने। जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देश भन्दामाथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेलादेखि नै आलोचना गर्दै आएको हुँ। तर त्यसले कत्ति पनि फरक पारेन। अझ उल्टै मिडिया ट्रायल हुन थाल्यो। यो स्वीकार्य छैन। अब खुल्लारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु। मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नु होल । आइ क्विट, मैले पार्टी छोडेँ,’ उनले भनेकी छन्।











