विपीन जोशीको शव रहे/नरहेको समेत यकिन छैन : राजदूत पण्डित

1.69K
shares

काठमाडौं । इजरायली सेनाले नेपालका विपीन जोशी जीवित नरहेको पुष्टि गरिसकेको छ । अहिलेसम्म उनको शवको अवस्थाबारे पनि जानकारी नभएको इजरायलका लागि नेपालका राजदूत धनप्रसाद पण्डितले जानकारी दिए ।

“इजरायली सेनाले विपीन जीवित नरहेको जानकारी दियो । उनको शव पनि रहे/नरहेको यकिन छैन,” राजदूत पण्डितले भने, “जीवित बन्धकलाई अबको दुई–तीन घण्टामा छाडिसक्ने कुरा छ । त्यसपछि आज बेलुकीसम्म केही मृतकको शव हमासले बुझाउने जानकारी प्राप्त भएको छ ।”

बाँकी शवको संयुक्त टास्क फोर्सले आगामी दिनमा खोजी गर्ने उनको भनाइ छ ।

इजरायली सेनाले राजदूत पण्डित र विपीनको परिवारलाई भिडियो कन्फ्रेन्समार्फत विपीन जीवित नरहेको जानकारी गराएको हो ।

“लर्न एन्ड अर्न” कार्यक्रमअन्तर्गत इजरायल गएका विपीनलाई हमासले २०२३ अक्टोबर ७ मा बन्धक बनाएको थियो ।