जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल
वि.सं.२०८२ असोज ३० बिहीवार १५:२०
1.59K
shares
shares

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका मागहरु पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको बताएका छन् ।
उनले भने, ‘अब सञ्चार मन्त्रालयमा मेरो पाँच महिनाको अवधि बाँकी छ । कति गर्न सकिन्छ त्यो त थाहा छैन तर जानेर, बुझेर, नियतबस खराब केही पनि गर्ने छैन । बरु जस्तो गएको थिएँ त्यस्तै फर्किन्छु । अबको पाँच महिनाको अवधीभित्र जेन–जी आन्दोलनले दिएका म्यान्डेटहरु पुरा गर्नुपर्नेछ । ति जेन–जी युवाहरुका मागहरु पुरा गर्नको लागि सुशीला कार्की नेतृत्वको नागरिक सरकारले पाएको म्यान्डेट पुरा गर्न अहोरात्र काम गरिरहेका छौं ।’
उनले मुलुकमा भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने सवालमा सरकार दृढ रहेको पनि बताए।













