रविको मुद्दा सरकारले फिर्ता लिनलागेको भन्दै महेश बस्नेतको आक्रोस
प्रधानमन्त्री शुशिला कार्की रास्वपाको संरक्षक रहेको आरोप
वि.सं.२०८२ पुस ३० बुधवार १२:३०
806
shares
shares

रवि लामिछानेमाथि लागेको सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधसम्बन्धी मुद्दा सरकारले गोप्य रूपमा फिर्ता गर्ने गृहकार्य अघि बढाएको जानकारी गराएका हुन् हुनी भन्छन रवि आफैले अपराध सरकारले यस्ता अपराध स्वीकारेको रविलाई मुद्दा फिर्ता लिएर रवि तथा रबिकै पार्टी रास्वपाको संरक्षक शुशिला कार्कीसमेतको संरक्षणमा सरकार स्वयं ढाल बनेको आरोप लगाएका छन् ।
यस्तो छ महेश बस्नेतको फेसबुक स्टाटस
रवि लामिछानेमाथि लागेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा सरकारले गोप्य रूपमा फिर्ता गर्ने गृहकार्य अघि बढाएको खबर अत्यन्तै गम्भीर र चिन्ताजनक छ।
सहकारी ठगीको अभियोग कायमै राखेर सांसद पद जोगिने तर सांसद स्वतः निलम्बन हुने मुद्दा मात्रै हटाउने प्रयासले विदेशी दबाब र प्रभावमा बनेको वर्तमान सरकारको नियतमाथि गम्भीर प्रश्न उठाएको छ।
यो प्रक्रिया न्याय होइन, अपराध लुकाउने षड्यन्त्र हो। अपराध स्वीकारेको अवस्था देखिएका रवि लामिछाने र उनको पार्टीका संरक्षक सुशिला कार्कीसमेतको संरक्षणमा सरकार स्वयं ढाल बनेको स्पष्ट छ।
यस्तो चलखेल लोकतन्त्र, विधिको शासन र न्याय प्रणालीका लागि अत्यन्तै खतरनाक छ। अब जनदबाब र स्वतन्त्र न्यायालयको दृढ तथा निष्पक्ष भूमिका अपरिहार्य भइसकेको छ।














